सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तिहारपछि खुलेको सेयर बजारमा पहिलो दिनमै १९ अंकको गिरावट

सोमबार, २२ कात्तिक २०७८, १५ : ४२
सोमबार, २२ कात्तिक २०७८

तिहारपछि खुलेको बजारमा पहिलो दिन नै नेप्सेमा १९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सोमबार नेप्से सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा ओर्लिएको हो । 

जबकि तिहारको बिदा हुनुअघि गत बुधबार यस्तो सूचक ५.२२ अंकले मात्र बढेर २८ सय ४८ दशमलव ८४ बिन्दुमा अडिएको थियो ।  तर, सोही दिनयता ‘क’ वर्गको सेन्सेभिट इन्डेक्स भने ०.३४ अंकले घटे ५३१ दशमलव ०८ बिन्दुमा झर्न पुगेको थियो । यस्तै, आज पनि सेन्सेटिभ इन्डेक्स थप २ दशमलव ७१ अंकले घट्दै ५२८.३७ बिन्दुमा झर्न पुगेको नेप्सेले जनाएको छ । 

यस दिन फाइनान्स, म्युचुअल फन्ड र लगानीको उपसूचक बाहेक सबैजसो उपसमूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् ।  १९ अंक माथिले घटेको बजारमा आज ४ अर्ब ४२ करोडको कारोबार भएको छ । गत बुधबार ५ अंकले बढेको बजारमा ६ अर्ब ५५ अर्बको कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप