एमाले सबैभन्दा असक्षम पार्टी : शालिकराम जम्कट्टेल
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दाबी गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेकपा एमाले सबैभन्दा असक्षम पार्टी भएको पनि दाबी गरे । उनले पार्टी सञ्चालन गर्न, सरकार सञ्चालन गर्न एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली असक्षम भएको जिकिर गरे ।
आफूसँग जनमत रहेको भनेर एमालेले दाबी गर्नुको कुनै अर्थ नरहेको पनि उनले प्रस्ट पारे । केपी ओलीले र नेकपा एमालेले नसकेर नै विभिन्न प्रदेश र संघमा समेत एमालेले सरकारको नेतृत्व गुमाएको उनको भनाइ छ ।
उनले मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थनमा आफू र आफ्नो पार्टीले मत दिने पनि प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण