अघिल्ला सरकारले गरेका कामबारे श्वेतपत्र ल्याउँछौँ : मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी तीन महिनाभित्र विगतका सरकारले गरेका कामबारे आफूले श्वेतपत्र जारी गर्ने बताएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विगतका सरकारले तीन वर्षसम्म केके काम गरेछन् भन्नेबारे प्रदेशवासीलाई जानकारी दिनका निम्ति आफूले श्वेतपत्र जारी गर्ने बताए ।
उनले आर्थिक अनुशासन कायम गरेर फजुल खर्च नियन्त्रण गर्ने दाबीसमेत गरे । आफूले सम्पन्न गर्न नसक्ने योजनामा हात हालेर समय खेर नफाल्ने पनि उनले बताए । योजनामा खर्च गर्न सकिने समस्या समाधान गर्नका लागि आवश्यक परे कानुन संशोधनसमेत गरिने उनले प्रस्ट पारे ।
अहिलेसम्म प्रदेश सरकार सञ्चालन ऐन बन्न नसकेको भन्दै उनले यसका लागि आफूले चाँडै ध्यान दिएर ऐन निर्माण गर्ने बताए । उनले विगतमा जस्तो आफूलाई मन परेन भन्दैमा संविधान च्यात्ने काम आफूहरुले नगर्ने पनि प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण