शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निर्मला कुर्मी प्रकरण : बाँके प्रहरीमा ७ जनाले गरे आत्मसमर्पण

सोमबार, २२ कात्तिक २०७८, २० : ४३
सोमबार, २२ कात्तिक २०७८

निर्मला कुर्मी बेपत्ता प्रकरणमा ७ जनाले जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गरेका छन् । अपहरण गरेर कर्तव्य गरेको आरोप लागेका ७ जनाले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

निर्मलाको अपहरण गरेर हत्या गरेको किटानी जाहेरी परेको मध्येका रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंहले आत्मसमर्पण गरेका हुन् । आरोपीहरुलाई जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएर हिरासतमा राखिएको छ ।

कुँवर बबन सिंहलाई ८० वर्ष पुगेको हुनाले अदालतले हाजिरी जमानीमा छाड्न आदेश गरेको छ । किटानी जाहेरीमा उल्लेखित पूर्व सांसद बादशाह कुर्मीचाहि पक्राउ परेका छैनन् । गत भदौमा सरकारी वकिल कार्यालयले बादशाहलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेको थियो । सरकारी वकिल कार्यालयको निर्णयअनुसार पूर्व सांसदलाई नियन्त्रणमा लिन नमिल्ने एसपी अधिकारीले बताए ।

निर्मला कुर्मीले ७ वर्षअघि अर्जुन कुर्मीसँग विवाह गरेर भारत गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नेपालगञ्जमा मजदुरी गर्न आएका अर्जुनसँग घरजम गरेर बसेकी कुर्मीको भारतमा २०७६ चैतमा मृत्यु भएको अनुसन्धानबाट थाहा भएको प्रहरीको दाबी छ । विवाह गरेको फोटो र मृत्यु संस्कारको फोटोको आधारमा सो कुरा खुलेको एसपी अधिकारीले बताए ।

तर, निर्मलाको सम्पती हडपेर बादशाह कुर्मी सहितको समूहले अपहरण गरेको आरोपमा आन्दोलन भइरहेको छ । निर्मलाका आफन्तले प्रहरीलाई अपहरण पछि हत्या भएको दावी गर्दै किटानी जाहेरी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप