बैकिङ कसुर मुद्दामा भारतीय नागरिक पक्राउ
नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु नौ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका भारत मोतिहारीका ४५ वर्षीय राजहरण साहलाई आज दिउँसो पक्राउ गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं ०७७ माघ २६ को फैसलाअनुसार सात दिन कैद र बिगो बमोजिम रु नौ लाख ५० हजार जरिवाना ठहर गरेपछि फरार रहेका साहलाई आज दिउँसो काठमाडौँको कमलपोखरीबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका साहले ग्लोबल आइएमई बैंक लिमिटेडको ज्ञानेश्वरको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले साहलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । साहलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण