बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘छक्का पञ्जा ४’ को ट्रेलरमा नदेखिएपछि रिसाए जितु नेपाल, फिल्ममा नरहने घोषणा

मङ्गलबार, २३ कात्तिक २०७८, ११ : १७
मङ्गलबार, २३ कात्तिक २०७८

कलाकार जितु नेपालले फिल्म ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताए । सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा फिल्मको अहिले बनेको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहने नै भएको बताए ।

‘हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर म अटेको छैन । यस्तो बेला नअटेको म, सायद फिल्ममा पनि रहन्न होला’ जितुले भने, ‘म सामान्य कलाकारलाई दीपक दाई र दीपा दिदीले फिल्मको हिरो समेत बनाइसक्नु भएको छ । मेरो लागि उहाँहरुले धेरै गर्नु भएको छ । सधै उहाँहरुबाट मैले आस राख्नु हुँदैन ।’

महानायक विवादका कारण ‘मुन्द्रेको कमेडी क्लब’ बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै जीतु र ‘छक्का पञ्जा’ टिमबीच मनमुटाव बढेको हो । तर, सार्वजनिक कार्यक्रममा भने उनीहरुले आफ्नो सम्बन्ध राम्रो रहेको सन्देश दिदै आएका थिए । व्यक्तिगत रुपमा सम्बन्ध राम्रो भएपछि व्यावसायिक सम्बन्ध बिग्रिएको अनुमान यो ‘छक्का पञ्जा ४’को ट्रेलरबाट समेत लगाउन सकिन्छ ।

दीपक राज गिरी र दीपाश्री निरौलाले बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकलाई ‘छक्का पञ्जा ४’ आउने जानकारी दिन एक ट्रेलर बनाएका छन् । सो ट्रेलर ‘छक्का पञ्जा’ सिरिजका कलाकार अटेपनि जितु भने अटेका छैनन् । यस अगाडि ‘छक्का पञ्जा’का तीनवटै सिरिजमा देखिएका उनी चौथो सिरिजमा नदेखिनुले उनी फिल्ममा नरहने संकेत गरेको छ । फिल्मको अहिलेसम्म छायांकन भएको छैन । फिल्मको छायाँकन नभएपनि दीपक दीपाले प्रचारका लागि भने ट्रेलर बनाएर देखाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप