सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोले सुरु गऱ्यो नयाँ व्यवसाय

मङ्गलबार, २३ कात्तिक २०७८, १२ : ५६
मङ्गलबार, २३ कात्तिक २०७८

‘बिल्डिंग अ बेटर फ्यूचर टूगेदर’ थिमका साथ ओपोले २०२१ ओपो डेभलपर कन्फरेन्स (ओडीसी)को आयोजना गरेको छ । सम्मेलनमार्फत ओपोले ओमोजी, रे ट्रेसिंग र हेटेरोजिनस कम्प्यूटिंग जस्ता प्रविधिहरुका साथै आफ्नो नयाँ ओपो हेल्थ एण्ड कारलिंक व्यवसायको घोषणा समेत गरेको छ ।

‘निरन्तर कनेक्टेड यो संसारमा उपकरण तथा सेवाका संख्याहरुका साथै अन्तरक्रियाका प्रवृत्तिहरु समेत वृहत तथा विविध छन् । विकासकर्ताहरु प्रयोगका विभिन्न परिवेशका साथै लामो सञ्चालन समयका लागि सक्षम हुनु आजको आवश्यकता हो ।’, ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका अध्यक्ष लेभिन ल्यूले भने । उनले ओपो आफ्ना विकासकर्ताहरुलाई चुनौतिहरुको सामना गर्न तथा प्रयोगकर्ताहरूका लागि सुदृढ भविष्यको निर्माणमा सहकार्य तथा सशक्तिकरणका लागि समर्पित रहेको समेत बताए ।

ओपोले प्रयोगकर्ताहरु माझ उत्कृष्ट सेवा अनुभव पुऱ्याउँदै बहुसंख्यक मानिस तथा उपकरणहरुबीच प्राकृतिक अन्तरक्रियाका लागि त्रुटिरहित अन्तरसम्बन्ध स्थापित गर्दै प्रयोगकर्ता केन्द्रित सर्वव्यापी सेवा अनुभव उपलब्ध गराउने परिकल्पना गरेको छ । यस्तो भविष्यका लागि सुदृढ भिज्यूअल्स, कुशल कम्प्यूटिंगका साथै बहुसंख्यक उपकरणहरु विच घनिष्ठ जडानको आवश्यकता पर्छ । आफ्नो यस परिकल्पनालाई साकार पार्ने कार्यमा  ओपोलाई साथ दिन विकासकर्ताहरुको क्षमता अभिबृद्धिका लागि कम्पनीले विभिन्न प्राविधिक क्षमताहरुको श्रृखंला नै सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप