६ वर्षपछि बलिउडमा कमब्याक गर्दै मल्लिका
मल्लिका शेरावतले ६ वर्षपछि बलिउडमा कमब्याक गर्ने भएकी छन् । उनी हरर थ्रिलर नागमतीमा एक राजकुमारीको रुपमा नजर आउनेछिन् । सो चलचित्रमा उनले आफ्नो राज्यलाई एक सर्पको अभिशापबाट जोगाउने प्रयास गर्ने कोशिस गर्ने बताइएको छ ।
तमिल चलचित्र निर्देशक वीसी वादिवुदयानले बलिउडमा डेब्यू गर्ने यो फिल्मको काम सोमबारबाट कर्जतमा शुरु भएको छ । योसँगै सन् २०१५ मा डर्टी पोलिटिक्सपछि वेब शोमा काम गरिरहेकी मल्लिका पहिलोपटक बलिउडको सेटमा फर्किएकी छन् । यस चलचित्रमा उनी दुई फरक–फरक रुपमा देखिने बताइएको छ ।
यो चलचित्रमा तीन युग – १९००, १९४७ र १९७० मा घटिएको घटना देखाइने छ । मूलरुपमा हिन्दी भाषामा सुट गरिने यो चलचित्रलाई तमिल, तेलुगु, कन्नड र मलयालममा डब गरिनेछ । कर्जत र मुम्बई लेगपछि राजस्थान र दक्षिण अफ्रिकामा चलचित्रको छायाँकन गरिनेछ । यही चलचित्रका लागि भनेर मल्लिकाले महामारीका दौरान घोडाको सवारी र तलवारबाजीको प्रशिक्षण लिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण