कैलाली युवक हत्या प्रकरण : थप २ जना पक्राउ
कैलालीमा प्रहरीले एक युवकको हत्या गरेको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा थप २ जना पक्राउ परेका हुन् ।
योसँगै पक्राउ सो घटनामा पर्नेमा ८ जना पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीका आर्यन देवकोटासहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई जानकारी दिए । ‘८ जनालाई नियन्त्रणमा लिइसकेका छौ भने अनुसन्धानको क्रममा अन्यलाई सोधपुछका लागि ल्याउने क्रम जारी रहेको छ’, उनले भने ।
बडुवालमाथि प्रहार गरिएको चक्कु पनि प्रहरीले बरामद गरेको छ । सिदार्थ होटल नजिकको झाडीबाट चक्कु बरामद गरेको इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रकाश सापकोटाले जानकारी दिए । टीकापुर नगरपालिका १ स्थित सिद्धार्थ होटल नजिकै मंगलबार राती एक समूहले चक्कु प्रहार गरी बडुवालको हत्या गरेको थियो ।
भूपेन्द्र र आर्यनको विगत लामो समयदेखि रिसिबी भएको प्रहरीले बताएको छ । घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको बिष्टले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र
हत्या गरिएका भूपेन्द्र बडुवालको परिवार र आफन्तले दोषीलाई कार्वाहीको दायरमा ल्याउन माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध गरेपछि सयौं यात्रु अलपत्र परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण