शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

बुधबार, २४ कात्तिक २०७८, १३ : ५३
बुधबार, २४ कात्तिक २०७८

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् ।  साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप  छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ ।

यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिए ।  घटनामा संलग्न भएको आरोपमा लालबाबुका परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान जारी छ । 
 
युवकको शव फेला 
धनुषामा आज एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१ मा लक्ष्मीनियाँ गाउँपालिकाको सपहीका १८ वर्षीय राजु यादवको शव फेला परेको हो । 

मृतक यादव टिप्परका कामदार हुन् । उनका भाइ झगरु यादवले राजुको टिपरले किचेर हत्या गरेको आरोप लगाएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ना १८ ख १२७५ नंको टिप्परका चालक नागेन्द्र यादवलाई पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप