सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा ६७ जनामा कोरोना सङ्क्रमण

बुधबार, २४ कात्तिक २०७८, २१ : २८
बुधबार, २४ कात्तिक २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चार सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा दुई/दुई, धनकुटा र भोजपुरमा एकरएक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २४ महिलासहित ५४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप