तस्बिरमा यस्तो देखियो सेलिब्रेटीको छठ

सूर्यदेवको विषेश पूजा हुने छठ नेपाली कला क्षेत्रका सेलिब्रेटीले पनि मनाएका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि विराटनगरस्थित सिंगीया र नहरमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत पुरा गरेकी छन् ।
अभिनेत्री रेखा थापा पनि आजै गुह्येश्वरी गौरीघाटस्थित वाग्मती किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पुरा गरेकी छन् । हरेक वर्ष उनले गौरीघाटमै छठ पूजा गर्ने गर्छिन् । त्यस्तै अभिनेत्री सञ्चिता लुइँटेलले भने यो वर्षको छठ पुरानो बानेश्वरस्थित आफ्नो घरको छतमै पुरा गरेकी छन् । घरको छतमा बाटामा पानी राखेर उनले उदाउँदो सूर्यलाई अध्र्य दिएर व्रत पुरा गरेकी हुन् । अभिनेता शिवशंकर रिजालले सर्लाहीको सन्ध्याघाटबाट छठको व्रत पुरा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु