तस्बिरमा यस्तो देखियो सेलिब्रेटीको छठ
सूर्यदेवको विषेश पूजा हुने छठ नेपाली कला क्षेत्रका सेलिब्रेटीले पनि मनाएका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि विराटनगरस्थित सिंगीया र नहरमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत पुरा गरेकी छन् ।

अभिनेत्री रेखा थापा पनि आजै गुह्येश्वरी गौरीघाटस्थित वाग्मती किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पुरा गरेकी छन् । हरेक वर्ष उनले गौरीघाटमै छठ पूजा गर्ने गर्छिन् । त्यस्तै अभिनेत्री सञ्चिता लुइँटेलले भने यो वर्षको छठ पुरानो बानेश्वरस्थित आफ्नो घरको छतमै पुरा गरेकी छन् । घरको छतमा बाटामा पानी राखेर उनले उदाउँदो सूर्यलाई अध्र्य दिएर व्रत पुरा गरेकी हुन् । अभिनेता शिवशंकर रिजालले सर्लाहीको सन्ध्याघाटबाट छठको व्रत पुरा गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण