सरकार उत्पादनमूलक अर्थतन्त्र निर्माणमा लागिपरेको छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने रहेको बताएका छन् । शुक्रबार पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्न चाहेकाले त्यसका लागि अग्रसर हुने व्यवसायीलाई आवश्यक सुविधा दिने बताए । ‘उद्योगधन्दा खोल्नका लागि चाहिने सुविद्या दिन सरकार तयार छ’, उनले भने,‘भन्सार, विद्युत र कर लगायतमा सरकारले छुट दिन तयार छ ।’
अर्थमन्त्री शर्माले देशमा उत्पादित ५ सय मेघावाट बिजुली खेर जानु लज्जाको विषय भएको बताउँदै बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागि रहेको बताए । उनले हालसम्म ४.७ प्रतिशतमात्रै पूँजीगत खर्च हुनु दुःखको कुरा भएको बताउँदै सार्वजनिक खरिद ऐन संशोधन गरेर खर्च बढाउने तयारीमा सरकार लागेको बताए ।
उनले भने, ‘सरकारले अर्थमन्त्रीकै संयोजकत्वमा सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन भएको छ । बजारमा देखिएको तरलता हटाउन शुक्रबार नै सबै वाणिज्य बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गरेका छौं । अब केही दिनमै तरलताको समस्या समाधान हुनेछ ।’
अर्थमन्त्री शर्माले पोखरा–काठमाडौंको सडकलाई थप बिस्तार गरेर लामो पट्यार लाग्दो यात्रालाई २ घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको बताए । उनले कोभिडले पीडित व्यवसायीको लागि घोषित पुनः कर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन थालिएको बताउँदै साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया सुरु भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण