बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जर्जिन्हो चुक्दा बराबरीमा रोकियो इटली

शनिबार, २७ कात्तिक २०७८, ०९ : ०६
शनिबार, २७ कात्तिक २०७८

कतारमा आयोजना हुने विश्वकपको छनोट खेलमा युरो च्याम्पियन इटली र स्विटजरल्यान्डबीच एक–एक गोलको बराबरी भएको छ । सिल्भान विडमेरले ११ औँ मिनेटमा स्विसलाई अग्रता दिलाए पनि ३६ औँ मिनेटमा डी लोरेन्जोले इटलीबाट बराबरी गोल फर्काएका थिए । खेलको अन्तिम समयमा इटलीले पेनाल्टीको अवसर पाए पनि जर्जिन्होले त्यसलाई गोलमा परिणत गर्न सकेनन् । 

यस बराबरीसँगै समूहमा शीर्ष स्थान हालिस गर्ने टोलीको टुङ्गो लाग्न अन्तिम खेलसम्म प्रतीक्षा गर्नुपर्ने भएको छ । पाँच टोली समावेश समूहमा इटली र स्विटजरल्यान्ड दुबैले ७ खेल खेलेर समान १५–१५ अंक जोडेका छन् । इटली गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

अब सोमबार इटलीले उत्तरी आयरल्यान्ड र स्विटजरल्यान्डले बुल्गेरियाको सामना गर्नेछन् । यी खेलहरू नै निर्णायक हुनेछन् । समूहमा शीर्ष स्थान हासिल गर्ने टिम सोझै विश्वकपका लागि छनोट हुनेछ । दोस्रो हुनेले प्लेअफ खेल्नुपर्नेछ । 

इङल्यान्डको फराकिलो जीत 

ह्यारी केनले ह्याट्रिक गरेको खेलमा इङल्यान्डले अल्बानियालाई ५–० ले हराएको छ । विश्वकप छनोटअन्तर्गतको खेलमा इङल्यान्डले सबै पाँच गोल पहिलो हाफमा गरेको थियो । ह्यारी म्याग्वायरले खेलको ९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै, केनले १८ औ, ३३ औँ र पहिलो इन्जुरी समयमा गोल गरेर ह्याट्रिक पुरा गरे । २८ औँ मिनेटमा जोर्डन हेन्डरसनले पनि एक गोल गरेका थिए । 

इङल्यान्डले कतार विश्वकपमा छनोट हुनका लागि अब थप एक अंक बटुले पुग्छ । ६ टोली समावेश समूह आईमा उसले ९ खेलबाट २३ अंक बटुलेको छ । दोस्रो स्थानको पोल्यान्डले ९ खेलबाट २० अंक बटुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप