प्रतिगमनकारी फेरि सल्बलाउन थालेका छन् : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी फेरि सल्बलाउन थालेको बताएका छन् । शनिबार पोखरामा आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताएका हुन् ।
संविधान च्यात्न खोज्ने प्रतिगमनकारीहरु काँग्रेस, माओवादी केन्द्र लगायतका पाँच दलीय गठबन्धनको आन्दोलनका कारण केहि हदसम्म परास्त भएको बताउँदै मन्त्री शर्माले फेरि पनि उनीहरु सल्बलाउन थालेको बताए । त्यस्ता तत्वलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनुपर्ने उनले बताए । उनले भने, ‘प्रतिगमनविरुद्ध प्रेस जगतले भण्डाफोर गर्नुपर्छ । आदिवासी, जनजाति, दलित, महिला, उत्पीडित समुदायमाथि हुने दमन, विभेद र भ्रष्टाचारविरुद्ध प्रेसले भण्डाफोर गर्दै जनपक्षीय पत्रकारिता मार्फत अगाडि बढ्नुपर्छ ।’
अर्थमन्त्री शर्माले सरकारमा जानका लागि मात्र पाँच दलीय गठबन्धन नबनेको बताए । उनले लोकतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि गठबन्धन बनेको बताए । सरकारले प्रेसमाथि अंकुश नलगाउने बताउँदै मन्त्री शर्माले प्रदेशहरूमा प्रेसलाई अंकुश लगाउने गरि विधेयक आएकाले त्यसलाई सच्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण