तरलताको समस्या तत्काल समाधानका लागि पहल गर्न ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको ३४ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा बोल्दै ढकालले महामारीले थलिएको व्यवसायिक क्षेत्र सुधार आउने अवस्थामा रहँदा देखिएको तरलता अभाव तत्काल समाधान हुनुपर्ने बताए ।
उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अहिले बजारमा देखिएको तरलता अभावको समस्या समाधानको पहल गर्नुपर्ने बताए । ‘विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट शिथिल रहेको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा रहेको थियो । तर अहिले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ,’ उनले भने ।
उनले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पनि सरकारको ध्यानाकर्षण गरिसकेको बताए । यस वर्ष बजेट ल्याउन ढिलो हुँदा सरकारी खर्च कम भएको र रेमिट्यान्सको आप्रवाह पनि घटेकोले बजारमा तरलता अभाव देखिएको उनले बताए ।
‘यो स्पष्ट छ कि निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इन्जिन हो । सफल व्यवसायहरूले आर्थिक वृद्धि गर्छन्, रोजगारी सृजना गर्छन् र कर तिर्छन् जसबाट विभिन्न सेवा र लगानीको लागि फाइनान्स हुन्छ’, उनले भने, ‘विकासोन्मुख देशहरुमा निजी क्षेत्रको भूमिका झन ठूलो र महत्वपूर्ण हुन्छ । यसले ठूलो संख्यामा रोजगारी सृजना गरेको हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण