लगातार चौथो दिन पनि बढ्यो सुनको मूल्य
आइतबार, २८ कात्तिक २०७८, १२ : ००
सुनको भाउ लगातार चार दिन दिनदेखि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक २४ गतेदेखि सुनको भाउ बढेको बताएको छ । कात्तिक २३ गते प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य त्यसयता निरन्तर बढेको हो ।
कात्तिक २४ गते ४००, २५ गते १३ सय र २६ गते ४०० ले बढेको सुनको मूल्य आज २०० ले बढेको महासंघले जानकारी दिएको छ । यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।
आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दै १२ स ९५ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण