लगातार चौथो दिन पनि बढ्यो सुनको मूल्य
आइतबार, २८ कात्तिक २०७८, १२ : ००

सुनको भाउ लगातार चार दिन दिनदेखि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक २४ गतेदेखि सुनको भाउ बढेको बताएको छ । कात्तिक २३ गते प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य त्यसयता निरन्तर बढेको हो ।
कात्तिक २४ गते ४००, २५ गते १३ सय र २६ गते ४०० ले बढेको सुनको मूल्य आज २०० ले बढेको महासंघले जानकारी दिएको छ । यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।
आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दै १२ स ९५ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको गाँजा बरामद
-
सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
बजेटमा सरकारले लिएको नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट पन्छ्याउन खोज्यो : इप्पान
-
सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुने
-
घर-जग्गा खरिद गर्दा केवाइसी सहितको बैँक स्टेटमेन्ट अनिवार्य