ब्याजदर निर्धारण सम्बन्धी नयाँ निर्देशन जारी
आइतबार, २८ कात्तिक २०७८, १७ : १४
नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारणसम्बन्धी नयाँ निर्देशन जारी गरेको छ । कात्तिक ३ गते विज्ञप्तिमार्फत बजारको ब्याजदरलाई हस्तक्षेप गरेको राष्ट्र बैंकले सोही अनुसारको नीति सार्वजनिक गरेको हो । उक्त मितिमा बैंकहरुले आफूखुसी ब्याजदर बढाएपछि त्यसलाई स्थिर राख्न विज्ञप्तिमार्फत निर्देशन दिएको थियो । सोही निर्देशनलाई नीतिमा परिवर्तन गर्न नयाँ निर्देशन जारी गरेको हो ।
नयाँ व्यवस्थाअनुसार बैंकहरुले अघिल्लो महिनाको ब्याजदरबाट १० प्रतिशत मात्र बढाउन÷घटाउन मिल्छ । यस्तै, बचतको न्यूनतम र मुद्दतीको अधिकतम ब्याज ५ प्रतिशतभन्दा बढी हुनुहुँदैन । अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले ब्याजदर निर्धारण गर्दा बचत र मुद्दती खाताको ब्याज ५ प्रतिशतभन्दा बढी भएमा समायोजन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण