अस्ट्रियामा खोप नलगाउनेहरू लकडाउनमा
कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि अस्ट्रियामा पूर्ण मात्रा खोप नलगाएका २० लाख मानिसहरूलाई लकडाउनमा राखिएको छ । ‘हामीले यो कदमलाई हल्का रूपमा लिएका छैनौँ, यो दुर्भाग्यपूर्ण तर आवश्यक छ,’ चान्सलर अलेक्सान्डर स्कालेनबर्गले भने । अस्पतालमा चाप बढ्न थालेपछि सोमबारदेखि लागू गरिएको यो प्रतिबन्ध सुरुमा १० दिनसम्म जारी रहने बताइएको छ । खोप नलगाएका मानिसहरूलाई काम गर्न वा खानेकुरा किन्नबाहेक घरबाहिर निस्कन बन्देज लगाइएको छ । यो १२ वर्षभन्दा मुनिका बालबालिका र भर्खरै कोभिडबाट निको भएकाहरूको हकमा भने लागू हुनेछैन ।
अस्ट्रियाका ६५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् । पश्चिमी युरोपमा यो सबैभन्दा कम हो । पछिल्ला सात दिनमा प्रति १ लाख जनसङ्ख्यामा सङ्क्रमण दर ८ सयभन्दा बढी रहेको छ । यो युरोपमा सबैभन्दा बढी हो ।
समग्र रूपमा युरोप पुनः कोरोना महामारीको इपिसेन्टर बन्न थालेको छ । धेरै देशहरूले पुनः प्रतिबन्ध लागु गर्न सुरु गरिसकेका छन् । सबैभन्दा बढी सङ्क्रमण देखिएको बेलायतमा भने अझै प्रतिबन्ध लागू गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण