बेन्च नबसे पनि धमाधम पेसी तोकिँदै, प्रधानन्यायाधीश पनि आज इजलासमा
सोमबार, २९ कात्तिक २०७८, १० : ४२
सर्वोच्च अदालतमा कानुन व्यवसायी र न्यायाधीशहरुको ‘बेन्च वहिष्कार’ का बाबजुद दैनिक विभिन्न मुद्दाको पेसी तोक्ने काम जारी छ । सोही क्रममा सोमबारका लागि २९८ मुद्दाको पेसी तोकिएको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै दैनिक आन्दोलन गर्दै आइरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बेन्च वहिष्कार गर्दै आएका छन् ।
यद्यपि, सोमबारका लागि विभिन्न विषयका २९८ मुद्दा पेसीमा राखिएको छ । ती मुद्दालाई विभिन्न १० इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । प्रधानन्यायाधीश जबरा पनि इजलासमा बस्ने भएका छन् । उनलाई बार एशोसिएशनले इजलासमा नबस्न यसअघि नै सुझाव दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण