उजुरी दर्ता भएपछि शिल्पा शेट्टीले जारी गरिन् बयान : भनिन्, ‘मलाई असाध्यै पीडा हुन्छ’
शिल्पा शेट्टी र उनका श्रीमान् राज कुन्द्राविरुद्ध मुम्बई थानामा उजुरी दर्ता भएको छ । नितिन बरई नामका एक व्यक्तिले यो जोडीविरुद्ध १.५१ करोडको मुद्दा दर्ता गराएका छन् । यसकारण शिल्पा र राज पुनः खबरमा छाएका छन् । अब यो मामिलामा शिल्पाले आफ्नो आधिकारिक बयान जारी गरेकी छिन् ।
मलाई केही थाहा छैनः
शिल्पा शेट्टी सोसल मिडियामा आफ्नो बयान जारी गर्दै यसबारे थाहा पाउँदा आफू निकै चकित परेको बताइन् । उनले लेखेकी छिन्, ‘बिहान उठ्ने बित्तिकै म र राजविरुद्ध एफआईआर दर्ता भएको थाहा भयो । मलाई यो कुराले झट्का दियो । म भन्न चाहन्छु कि एसएफएल फिटनेस एउटा भेन्चर हो जसलाई काशिफ चलाउन चाहन्थे । उनले यो ब्रान्ड नामबाट देशभरी फिटनेस जिम खोल्नका लागि राइट्स लिएका थिए । सबै सम्झौतमा उनैले हस्ताक्षर गर्दथे र उनैलाई यसको जिम्मा दिइएको थियो । हामीलाई न त कुनै कारोबारबारे थाहा छ, न नै उनीसँग कुनै पैसा लिएका छौं ।
कम्पनीको फ्रेन्चाइजी काशिफले नै हेर्दथेः
शिल्पाले थपिन्, ‘सबै फ्रेन्चाइजी सिधा रुपमा काशिफसँगै डिल हुन्थे । कम्पनी सन् २०१४ मा बन्द भएको थियो र त्यसलाई पूर्ण रुपमा काशिफ खानले नै चलाउँथे । म भन्न चाहन्छु कि मैले आफ्नो जीवनको २८ वर्ष निकै मिहिनेत गरेकी छु । र निकै सजिलै मेरो नाम र इज्जतमा दाग लगाउने काम भएको देख्दा मलाई असाध्यै पीडा हुन्छ । कति सजिलै मेरो नाम जहाँ पनि प्रयोग गरिन्छ । म कानूनको पालना र सम्मान गर्ने देशकी एक नागरिक हुँ, मेरो अधिकारको रक्षा हुनुपर्छ ।’
शिल्पा र राजसँग छिट्टै सोधपुछ हुनसक्नेः
नितिनको ऊजुरीपछि बान्द्रा प्रहरीले शिल्पा शेट्टी, राज कुन्द्रासमेत अन्य आरोपीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले यो मामिलामा छिट्टै आरोपीसँग सोधपुछ गर्न सक्छ । राज कुन्द्रा र शिल्पाको पक्ष थाहा पाउनका लागि प्रहरीले छिट्टै उनीसँग सम्पर्क गर्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण