तिहारपछि लगातार चार दिन घटेको नेप्सेमा हरियाली
लगातार चार दिनसम्म घटेपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुधार आएको छ । तिहारपछि मंगलबारदेखि खुलेको नेप्से हिजो आइतबारसम्म निरन्तर घटेको थियो । तिहारपछि पहिलो कारोबार दिन गत साताको मंगलबार (कात्तिक २२) गते नेप्सेमा १९ अंकको गिरावट आएको थियो ।
बुधबार ७९ अंक र साताको अन्तिम कारोबार दिन बिहीबार ५९ अंकले घटेको थियो । यस्तै, यो साताको आइतबार (हिजो) एक अंकको गिरावट आएको थियो ।
यसरी चार दिनमा १५८ अंकले घटेको बजारमा आज २६ अंकको सुधार आएको हो । यस क्रममा चार अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर ८६ लाख कित्ता सेयर किनबेच भएको छ ।
नेप्से २६ अंकले बढेको दिन नेप्सेमा कारोबार भएका सबै समूहमा सुधार आएको छ । विकास बैंक समूहमा १४१ अंक, जीवन बीमा समूहमा ११३ अंक र उत्पादन १०९ अंकको सुधार आएको छ । यसबाहेक अन्य सबै समूहमा समेत वृद्धि भएको छ ।
आज बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण