तिहारपछि लगातार चार दिन घटेको नेप्सेमा हरियाली
लगातार चार दिनसम्म घटेपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुधार आएको छ । तिहारपछि मंगलबारदेखि खुलेको नेप्से हिजो आइतबारसम्म निरन्तर घटेको थियो । तिहारपछि पहिलो कारोबार दिन गत साताको मंगलबार (कात्तिक २२) गते नेप्सेमा १९ अंकको गिरावट आएको थियो ।
बुधबार ७९ अंक र साताको अन्तिम कारोबार दिन बिहीबार ५९ अंकले घटेको थियो । यस्तै, यो साताको आइतबार (हिजो) एक अंकको गिरावट आएको थियो ।
यसरी चार दिनमा १५८ अंकले घटेको बजारमा आज २६ अंकको सुधार आएको हो । यस क्रममा चार अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर ८६ लाख कित्ता सेयर किनबेच भएको छ ।
नेप्से २६ अंकले बढेको दिन नेप्सेमा कारोबार भएका सबै समूहमा सुधार आएको छ । विकास बैंक समूहमा १४१ अंक, जीवन बीमा समूहमा ११३ अंक र उत्पादन १०९ अंकको सुधार आएको छ । यसबाहेक अन्य सबै समूहमा समेत वृद्धि भएको छ ।
आज बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे
-
म्याथ्यू हेडेन भन्छन्- ‘आईपीएलमा धोनीले खेलाडीको भूमिकामा अन्तिम खेल खेले’
-
सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सडकदेखि सदनसम्म मोर्चाबन्दी गरिने
-
सुर्खेतको कटकुवामा मिनिबस दुर्घटना : दुई जनाको मृत्यु
-
२४ सै घण्टा मोबाइल चलाउनु हुन्छ ? यस्ता हुन सक्छन् साइड इफेक्ट