कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको शपथ, फेरियो मन्त्रालय
मङ्गलबार, ३० कात्तिक २०७८, १८ : ५२

कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको भनिएपनि अन्तिम समयमा आएर एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।
उनलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ’ गरेपछि अन्तिममा आएर उनले सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
यही कुराले गर्दा तोकिएको समयमा पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम समेत समयमा हुन सकेन । मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेको झण्डै दुई सातापछि एक मन्त्री नियुक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियाका गभर्नरले ट्रम्प प्रशासनमाथि मुद्दा हाले
-
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
-
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?