कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको शपथ, फेरियो मन्त्रालय
मङ्गलबार, ३० कात्तिक २०७८, १८ : ५२
कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको भनिएपनि अन्तिम समयमा आएर एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।
उनलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ’ गरेपछि अन्तिममा आएर उनले सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
यही कुराले गर्दा तोकिएको समयमा पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम समेत समयमा हुन सकेन । मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेको झण्डै दुई सातापछि एक मन्त्री नियुक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण