चितवनमा कोभिडविरुद्धको खोपको माग न्यून
जिल्लामा कोभिडविरुद्धको खोप लगाउन चाहनेहरुको सङ्ख्या न्यून हुँदै गएको छ । जिल्लामा खोप कार्यक्रममा लगाउन आउनेहरुको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा तीन लाख ११ हजार ८८९ जनाले लगाइसकेका छन् । पूर्ण मात्रा लगाउनेको सङ्ख्या दुई लाख ५९ हजार ९७७ रहेको छ । पहिलो मात्रा कोभिड सिल्ड ३९ हजार ९२१, भेरोसेल दुई लाख ३१ हजार ११ र एस्ट्राजेनिका ४० हजार ९५७ जनाले लगाएको उनले जानकारी दिए ।
पूर्ण मात्रा लगाउनेमा कोभिसिल्डका ५८ हजार ३२१ र भेरोसेलका एक लाख ६३ हजार ८८ जोन्सन ३८ हजार ५६८ जना रहेका छन् । जिल्लामा २०७७ साल पुस ५ गतेसम्म १८ वर्ष पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या तीन लाख ६८ हजार ३८२ छ । यस समययता पाँच हजार हाराहारी फोटो खिचेर नाम दर्ता गराउने प्रक्रियामा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख तिवारीका भनाइमा ८० प्रतिशत हाराहारीले खोप लगाइसकेका छन् । बाँकी हुनेहरुका लागि हरेक हप्ताको बिहीबार स्वास्थ्य कार्यालय परिसरमा खोप लगाउने व्यवस्था गरिएको छ । अन्य पालिकाहरुमा ठूलो सङ्ख्या भएमा खोप लगाइने उनले बताए । अन्यथा एक–दुईजना भएमा यहीँ आएर बिहीबार लगाउने व्यवस्था गरिएको उनको भनाइ छ ।
उनका अनुसार पहिले पहिले खोपको निकै माग हुने गरेकामा अब खोप लगाउन छुटेकाहरूको खोजी गर्नुपर्ने दिन आएको छ । भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टका अनुसार महानगरपालिकामा ५५ प्रतिशतले खोप लगाइसकेका छन् । बाँकी हुनेहरूलाई साताको एक दिन खोप लगाउने व्यवस्था गरिएको छ । छुटेकाहरूलाई खोप लगाउन महानगरपालिकाले अनुरोध गर्दै आएको छ ।
खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले पहिलो मात्रा खोप लगाउन माग गर्नेको सङ्ख्या खासै नभएको बताए । कतिपयले जोनसोन खोप लगाउन चाहेको भए पनि अन्य खोपका लागि माग नभएको बताए । उनका अनुसार ८० प्रतिशतभन्दा बढी नगरवासीले खोप लगाइसकेका छन् ।
परिवार कल्याण महाशाखाका प्रमुख सागर दाहाल ग्रामीण क्षेत्रहरुमा खोपका लागि अभियान चलाउनुपर्ने बताए । उनले भने, “खोज र खोपको अभियान सञ्चालन गर्नुपर्छ ।” ग्रामीण क्षेत्रमा पछाडि परेका समुदायहरु खोप लगाउनबाट छुटेको जनाउँदै उनले उनीहरुलाई लक्षित गरी पालिकाहरुले कार्यक्रम ल्याउनुपर्ने जानकारी दिए ।
काठमाडौँमा चार ठाउँमा अभियानमार्फत खोप केन्द्र सञ्चालन गर्दा दुई दिनमा ६ हजारले खोप लगाएको उदाहरण दिँदै उहाँले अभियान नै चलाउनुपर्ने बताए ।
तीन दिनमा ६९ दीर्घरोगीले लगाए खोप
कात्तिक २८ गतेबाट सुरु भएको दीर्घरोगीका लागि कोभिडविरुद्धको फाइजर खोप चितवनमा मङ्गलबारसम्म ६९ जनाले लगाएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मात्रै दिइएको यो खोप तीन दिनमा ६९ जनाले लगाएका हुन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार १२ वर्षभन्दा माथिका सबै उमेर समूहका दीर्घ रोगीहरुलाई यो खोप लगाउने व्यवस्था गरिएको छ । यसअघि खोपको कुनै पनि मात्रा नलगाएकाहरुलाई यो खोपको व्यवस्था गरिएको हो ।
मुटुको बिरामी भई शल्यक्रिया गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भई मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भई उपचारमा रहेकाहरुलाई यो खोप लगाउने व्यवस्था गरिएको छ ।
यस्तै अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका, मस्तिष्क र मस्तिष्कका रक्त नलीसम्बन्धी रोग भएकाहरुलाई यो खोप लगाउने व्यवस्था गरिएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए । यो खोपको दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण