बिदामा बसेका न्यायाधीशलाई पनि प्रधानन्यायाधीशले पेसी तोके
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिदामा बसेका न्यायाधीशलाई पनि पेसी तोकेका छन् । मंसिर १ गते बुधबारका लागि न्यायाधीश हरिकृष्ण कार्की बिदामा बसेका भए पनि उनलाई पेसी तोकिएको हो ।
प्रधानन्यायाधीश जबराले बुधबारका लागि तोकेका पेसीमा न्यायाधीश कार्कीलाई एकल इजलासमा पेसी तोकिएको छ । कार्कीलाई बुधबारका लागि ४ वटा पेसी तोकिएको छ । उनलाई उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलास विपक्षी रहेको उत्प्रेषणको माग भएको मुद्दा, राष्ट्रपति कार्यालय विपक्षी रहेको अधिवक्ता दीपकविक्रम मिश्रको परमादेश माग गरिएको मुद्दा, दीपकविक्रम मिश्र नै पक्ष रहेको न्यायपरिषद् सचिवालय विरुद्धको मुद्दा र चण्डेश्वर प्रसाद साह पक्ष रही संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विपक्षी रहेको उत्प्रेषणको माग गरिएको मुद्दा पेसीमा राखिएको छ ।
तर न्यायाधीश कार्कीले यसअघि नै मंसिर १ गते बुधबारका लागि बिदामा बसेको जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिइसकेका प्रवक्ता बाबुराम दाहालले बताए । उनले भने, ‘माननीय न्यायाधीश हरिकृष्ण कार्की ज्यूले बुधबारका लागि बिदामा बस्ने जानकारी गराइसक्नु भएको थियो । तर प्रधानन्यायाधीशको सचिवालयमा समयमै उक्त जानकारी पुग्न नसक्दा मानवीय त्रुटिका कारण पेसी तोकिएको रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
