गण्डकीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौविसै घण्टामा २४७ जनामा गरिएको नमूना परीक्षणमा २७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १२ महिला र १५ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १८,पर्वत १, लमजुङ १, तनहुँ १ र नवलपरासी पूर्वमा ४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ७२५ पुगेको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१२ का ६४ वर्षीय पुरुष र तनहुँ घिसिङ–५ का ७० वर्षीय पुरुष रहेका छन् । उनको पोखरास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०५ पुगेको छ ।
प्रदेशमा पछिल्लो चौबिस घण्टामा ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार २८ पुगेको छ भने होम आइसोलेसनमा २१६ जना रहेका छन् ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २९२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण