सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

बुधबार, ०१ मङ्सिर २०७८, १७ : २०
बुधबार, ०१ मङ्सिर २०७८

गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौविसै घण्टामा २४७ जनामा गरिएको नमूना परीक्षणमा २७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १२ महिला र १५ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।  उनका अनुसार कास्की १८,पर्वत १, लमजुङ १, तनहुँ १ र नवलपरासी पूर्वमा ४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ७२५ पुगेको छ । 

गण्डकीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१२ का ६४ वर्षीय पुरुष र तनहुँ घिसिङ–५ का ७० वर्षीय पुरुष रहेका छन् । उनको पोखरास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०५ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार २८ पुगेको छ भने होम आइसोलेसनमा २१६ जना रहेका छन् ।  
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २९२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप