शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको काँडाघारीमा जमिनमुनीबाट ग्यास निस्कियो

बुधबार, ०१ मङ्सिर २०७८, २० : २३
बुधबार, ०१ मङ्सिर २०७८

काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । स्थानीयले घर बनाउन चाहिने पानीको ब्यवस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन् । सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ ।

ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरुमा पुगेपछि स्थानीय त्रसित बनेका छन् । ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिए पनि नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन् । भूगर्भ विभागबाट प्रतिनिधिहरू आए पनि कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाई छ ।

बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करिब १ किलोमिटर क्षेत्रमा धुलो फैलिएको थियो भने साँझमा निस्किन थालेको हिलो र ढुङ्गा नजिकका घरहरुमा झरेर फोहर बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप