संयुक्त विद्यार्थी संगठनले ‘एक व्यक्ति एक रुपैयाँ’ संकलन गरी आयल निगमलाई बुझाउने
बिहीबार, ०२ मङ्सिर २०७८, १० : ४८

संयुक्त विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार बागबजारमा बैठक गरेर उनीहरूले थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका हुन् । मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले मंसिर ३,४ र ५ गते विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले रातोपाटीलाई बताए ।
जसअनुसार मंसिर ३ र ४ मा सबै दलका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ। मंसिर ५ मा एक व्यक्ति एक रूपैयाँ संकलन गरी नेपाल आयल निगमलाई बुझाउने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशी उत्पादनको प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौँ : उपप्रधानमन्त्री सिंह
-
८४ मा एमालेको एकल बहुमत आउनेगरी लाग्न प्रधानमन्त्रीकाे आग्रह
-
‘डीएसए स्टार २०२५’ मा चार शीर्ष विजेता छनोट
-
विद्यालय शिक्षा विधेयकका विषयमा हतारमा टिकाटिप्पणी नगरौँ : शिक्षामन्त्री
-
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
-
नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव