बिहीबार सर्वोच्चमा ९ वटा इजलास तोकियो, प्रधानन्यायाधीश बसेनन् इजलासमा
बिहीबार, ०२ मङ्सिर २०७८, ११ : ०३
सर्वोच्च अदालतमा बिहीबार ९ वटा इजलास तोकिएका छन् । विभिन्न मुद्दाका लागि इजलास तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई कुनै पनि इजलासमा राखेका छैनन् ।
बिहीबार २५९ वटा मुद्दा पेसीमा राखिएको छ । न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ नगर्ने घोषणा गरेका छन् । यद्यपि, पेसीमा विभिन्न मुद्दालाई समावेश गरिएको छ ।
प्रधानन्यायाधीश जबराले बिहीबार नै ‘ फुलकोर्ट’ राख्ने तयारीसमेत गरेका छन् । सर्वोच्चका अन्य न्यायाधीशले फुलकोर्ट राखेर नियमावली संशोधन गरी गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रियाका लागि दबाब दिँदै आएका थिए ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई अन्य न्यायाधीशहरु र बार एशोसिएसनले केही सातादेखि राजीनामाका लागि दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म