ठुलो परिमाणमा गाँजासहित एक युवक पक्राउ
सुनसरीको देवानगञ्जबाट ठुलो परिमाणमा गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ देवानगञ्ज ४ बाट ट्याक्टरमा लुकाई छिपाई ल्याएको १ सय ८० केजी लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो । एक नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकिङ गर्ने क्रममा प्रदेश १–०४ –००१ त ०६६६ नम्बरको ट्याक्टरमा सो गाँजा बरामद गरेको थियो ।
चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाइकलले स्कटिङ गर्ने देवानगञ्ज गाउँपालिका–५ का २५ बर्षीय सन्तोषकुमार मेहेतालाई पक्राउ गरेको छ । प्रहरीले फरार भएका चालकको खोजतलास भइरहेको जनाएको छ । बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण