बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

७० वर्षका पुरुषले गरे कान्छी श्रीमतीको हत्या

बिहीबार, ०२ मङ्सिर २०७८, १४ : २१
बिहीबार, ०२ मङ्सिर २०७८

उदयपुरको लिमचुङबुङ गाउँपालिकामा ७० वर्षका पुरुषले श्रीमतीको हत्या गरेका छन् । लिमचुङबुङ गाउँपालिका–५ स्थित जाँते घर भएका सन्तुबहादुर राईले ५६ वर्षकी कान्छी श्रीमती चतुरमाया राईको हत्या गरेका हुन् । सन्तुले खुकुरीले घाँटी रेटेर श्रीमतीको हत्या गरेको उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

कार्तिक ३० मा राती श्रीमतीको हत्या गरेर सन्तुले आत्महत्याको प्रयास गरेका छन् । आफैंले घाँटी रेटेर घाइते भएको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । प्रहरीको निगरानीमा उनको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरानमा उपचार भइरहेको एसपी बोहराले बताए ।

कान्छीलाई धेरै माया गरेको तर, आफुसँग नबसेर छुट्टै बस्न थालेपछि उनलाई चित्त नबुझेर हत्या योजना बनाएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  चतुरमाया दशैँपछि जेठो छोराको घरमा बस्न थालेकी थिइन् । छुट्टै बस्नुअघि उनीहरुको बीचमा झैझगडा पनि भएको थियो । झगडा गरेर छुट्टै बसेपछि श्रीमतीलाई शंका गर्न थालेका थिए ।

चतुरमायाको हत्यापछि आरोपीले जेठी श्रीमतीको घरमा आएर आत्महत्याको प्रयास गरेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप