बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चाँगुनारायण नगरपालिकाको सार्वजनिक सुनुवाई : सेवाग्राही खै ?

बिहीबार, ०२ मङ्सिर २०७८, १६ : ४१
बिहीबार, ०२ मङ्सिर २०७८

चाँगुनारायण नगरपालिकाले सार्वजनिक सुनुवाई आयोजना गरेको छ । बिहीबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सेवा लिने सेवाग्राहीको उपस्थिति न्यून थियो । 
 
सार्वजनिक सुनुवाईमा वडा नम्बर ३ का स्थानीय तथा नेकपा एमालेका वडा कमिटीका अध्यक्ष विष्णुप्रसाद न्यौपाने भने, ‘नगरपालिकाले आयोजना गरेको यो कार्यक्रममा को छ यहाँ सर्वसाधारण ? ।’  नगरपालिकाको विभिन्न शाखाका प्रमुख, शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी मात्रै उपस्थित हुनु सकारात्मक नभएको न्यौपानेको भनाइ छ । 

कार्यक्रममा राजनीति दलको तर्फबाट एमालेका चाँगुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोलाले नगरक्षेत्र भित्रका इँटा भट्टा व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।  बास्तोलाले भने, ‘सकिन्छ इँटाभट्टा व्यवस्थापन गरौं, सकिँदैन जनतालाई रोगी बनाउने भट्टा बन्द गरौं ।’

नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले सार्वजनिक सुनुवाई कार्तिक ३० गते तय भएपनि  बन्दको हल्लाले गर्न नसिएको बताए । उनले सूचना भएपनि सर्वसाधारणको उपस्थित नभएको दाबी गरे ।  इँटा उद्योगको बारेमा नगरपालिकाले चाहेर मात्रै निर्णय गर्न नसक्ने नगर प्रमुख मिश्रको भनाई छ।

नगरपालिकाभित्र इँटा उद्योग चलाउन नदिने, चलाउनै परे आधुनिक प्राविधिक अनुसारको हुनुपर्ने मिश्रले बताए ।  गएको चार महिना नगरपालिकामा ८ सय ३३ वटा नयाँ घर निर्माण भएको नगरपालिकाले जानकारी दिएको छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप