चाँगुनारायण नगरपालिकाको सार्वजनिक सुनुवाई : सेवाग्राही खै ?
चाँगुनारायण नगरपालिकाले सार्वजनिक सुनुवाई आयोजना गरेको छ । बिहीबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सेवा लिने सेवाग्राहीको उपस्थिति न्यून थियो ।
सार्वजनिक सुनुवाईमा वडा नम्बर ३ का स्थानीय तथा नेकपा एमालेका वडा कमिटीका अध्यक्ष विष्णुप्रसाद न्यौपाने भने, ‘नगरपालिकाले आयोजना गरेको यो कार्यक्रममा को छ यहाँ सर्वसाधारण ? ।’ नगरपालिकाको विभिन्न शाखाका प्रमुख, शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी मात्रै उपस्थित हुनु सकारात्मक नभएको न्यौपानेको भनाइ छ ।

कार्यक्रममा राजनीति दलको तर्फबाट एमालेका चाँगुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोलाले नगरक्षेत्र भित्रका इँटा भट्टा व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । बास्तोलाले भने, ‘सकिन्छ इँटाभट्टा व्यवस्थापन गरौं, सकिँदैन जनतालाई रोगी बनाउने भट्टा बन्द गरौं ।’
नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले सार्वजनिक सुनुवाई कार्तिक ३० गते तय भएपनि बन्दको हल्लाले गर्न नसिएको बताए । उनले सूचना भएपनि सर्वसाधारणको उपस्थित नभएको दाबी गरे । इँटा उद्योगको बारेमा नगरपालिकाले चाहेर मात्रै निर्णय गर्न नसक्ने नगर प्रमुख मिश्रको भनाई छ।
नगरपालिकाभित्र इँटा उद्योग चलाउन नदिने, चलाउनै परे आधुनिक प्राविधिक अनुसारको हुनुपर्ने मिश्रले बताए । गएको चार महिना नगरपालिकामा ८ सय ३३ वटा नयाँ घर निर्माण भएको नगरपालिकाले जानकारी दिएको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण