तीन वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय साधु पक्राउ

धनुषामा तीन वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले ७५ वर्षीय एक साधुलाई पक्राउ गरेको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरस्थित मन्दिरमा शुक्रबार बिहान तीन वर्षीय बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा ७५ वर्षीय साधु शिवजी रामलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले जनाए ।
धनुषाको धनुषाधाम नगरपालिका–६ घर भएका साधु शिवजी राम केही दिनदेखि सोही मन्दिरमा बस्दै आएको बताइन्छ । प्रहरी निरीक्षक सुनारका अनुसार बालिकालाई मन्दिर प्राङ्गणको कुनामा लगेर ७५ वर्षीय शिवजीले जबर्जस्ती करणी गरेको भन्दै पीडित परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएका थिए ।
सोही उजुरीका आधारमा शिवजीलाई पक्राउ गरेर जबर्जस्ती करणी सम्बन्धी कसुरमा मुद्दा प्रक्रिया अघि बढाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक