तीन वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय साधु पक्राउ
धनुषामा तीन वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले ७५ वर्षीय एक साधुलाई पक्राउ गरेको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरस्थित मन्दिरमा शुक्रबार बिहान तीन वर्षीय बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा ७५ वर्षीय साधु शिवजी रामलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले जनाए ।
धनुषाको धनुषाधाम नगरपालिका–६ घर भएका साधु शिवजी राम केही दिनदेखि सोही मन्दिरमा बस्दै आएको बताइन्छ । प्रहरी निरीक्षक सुनारका अनुसार बालिकालाई मन्दिर प्राङ्गणको कुनामा लगेर ७५ वर्षीय शिवजीले जबर्जस्ती करणी गरेको भन्दै पीडित परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएका थिए ।
सोही उजुरीका आधारमा शिवजीलाई पक्राउ गरेर जबर्जस्ती करणी सम्बन्धी कसुरमा मुद्दा प्रक्रिया अघि बढाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण