आजको मौसम : वर्षासँगै हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबार जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरूमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।
यसैगरी, आज दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, राति देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण