शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु

शनिबार, ०४ मङ्सिर २०७८, १० : ०१
शनिबार, ०४ मङ्सिर २०७८

विराटनगरस्थित मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । विराटनगर–१० निवासी ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । कान दुखेर अस्पतालबाट उपचार गरि ल्याएपछि पुनः समस्या बढेर अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए ।

शुक्रबार बेलुकादेखि उनको कान दुखिरहेको थियो । कानको दुखाई बढेर रक्तचाप समेत न्यून भएपछि परिवार बोलाएर बिहान १ बजे कोशी अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालबाट उपचार गराएर बिहान ६ बजे उनलाई कारागार ल्याइएको थियो । तर, कारागार ल्याएपछि पुनः समस्या बढदै गएपछि अस्पताल लग्ने क्रममा शनिबार  बिहान  उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख पोखरेलले बताए । मोरङ कारागारमा एक साता अघि  पनि एकजना कैदीबन्दीको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप