काँग्रेस निर्वाचन : मतगणनास्थलमा विवाद, उम्मेदवारमाथि कुटपिट
शनिबार, ०४ मङ्सिर २०७८, १० : ४३
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको क्षेत्र नं ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ । घटनामा हुँदा कम्तीमा ५ जना घाइते भएका छन्। गम्भीर घाइते भएका शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन् । पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ ।
मतगणना स्थलमा शेरबहादुर देउवा पक्षधर कार्यकर्ताले रामचन्द्र पौडेल पक्षधरमाथि आक्रमण गरेका आरोप लगाएका छन् । घाइते अन्यको भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणना स्थगित भएको छ ।
क्षेत्र नं ३ (क) को मतगणना स्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा मध्यराति मुख छोपेर आएका तरुण दलका केही युवाहरुले आक्रमण गरेको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण