कास्कीमा काँग्रेस निर्वाचन : प्रदेशसभा समितिमा चार सभापति निर्वाचित
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीमा भएको निर्वाचनमा क्षेत्र नं. १ (क) को सभापतिमा दुर्गा सुवेदी विजयी भएका छन् । उनले प्रतिस्पर्धी मुराहरि कोइरालालाई १७ मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । विजयी पाण्डेले २२६ ल्याएका छन् भने प्रतिस्पर्धी कोइरालाले २०९ मत प्राप्त गरेका थिए ।
यसैगरी पार्टीको दुई उपसभापतिमा सुदेव गुरुङ र निर्मल ढुंगाना विजयी भएका छन् । गुरुङले २२६ र गिरीले २०९ मत प्राप्त गरेका छन । यस्तै, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी विजयी भएका छन् । शिवले २८२ मत प्राप्त गरे भने ध्रुवले २७७ मत प्राप्त गरे छन् । अर्का प्रतिस्पर्धी केशव भट्टराईले २०२ मत प्राप्त गरेका छन ।
यसैगरी सहसचिव पदमा सुवास भण्डारी २५१, विष्णु गुरुङ २१९ मतका साथ विजयी भए । सहसचिवमा प्रतिस्पर्धा गरेका ईश्वरराज भण्डारीले १६३ र शान्ति मगरातीले १३९ मत प्राप्त गरे । नेपाली काँग्रेस कास्की २ को ‘क’ प्रदेशसभा निर्वाचन क्षेत्र समितिको सभापतिमा दिनेश आचार्य निर्वाचित भएका छन् ।

उनले वर्षा केशव पराजुलीलाई पराजित गर्दै सभापति निर्वाचित भएका हुन् । प्राध्यापकसमेत रहेका युवा नेता आचार्यले १२१ मत प्राप्त गरेका छन् भने अर्का युवा नेता पराजुलीले ९१ मत पाएका हुन् ।
प्रदेश सभा ‘ख’ मा दीपेन्द्र मर्सानी सभापतिमा निर्वाचित भएका छन् । उनले सुवास सिग्देललाई पराजित गरेका हुन । कास्की ३ को ‘क’ प्रदेशसभा निर्वाचन क्षेत्रको सभापति पुष्पेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले दीपकराज पौडेललाई पराजित गरेका हुन् । पाण्डेले १६६ र पौडेलले १५६ मत ल्याएका थिए ।
कास्की ३ को ‘ख’ र कास्की १ ‘ख’ मा मतगणना जारी छ । कास्की ३ ‘ख’ मा सभापतिमा जीवनाथ पौडेल र दीपकवीर कुँवरबीच प्रतिस्पर्धा भएको छ । कास्की १ ‘ख’ मा अर्जुन गुरुङ र कृष्णप्रसाद कोइरालाबीच सभापतिमा प्रतिस्पर्धा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण