वीपी, गणेशमान र किसुनजीले देखेको सपना मैले पूरा गर्नसक्छु : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफेरो पुस्तक’को लोकार्पण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताए ।
‘किसुनजी, गणेशमानजी, विपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नुभएको थियो । त्यो सपना तपाईंहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ,’ उनले भने । जनताका प्रतिनिधि भएपछि जस्तोसुकै अवस्था पनि फिट हुनसक्ने क्षमता हुनुपर्ने उनको भनाइ थियो ।
साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफेरो पुस्तक’ पढ्नुपर्ने बताए । बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण