आमा बनेपछि नायिका प्रिति जिन्टा फिल्ममा फिर्ती
हालै बलिउड नायिकाको प्रिति जिन्टाको घरमा जुम्ल्याहा बच्चाको आगमन भएको छ । प्रितिका प्रशंसकले उनलाई आमा बनेकोमा बधाई दिइरहेका छन् । यसैबीच प्रितिका प्रशंसकका लागि खुसीको खबर छ । चार वर्षसम्म पर्दाबाट टाढा रहेकी उनी फिल्ममा फिर्ता हुँदैछिन् ।
फिल्ममा प्रितिको कमब्याकः
लामो ब्रेकपछि प्रिति दानिश रेन्जुको फिल्मबाट बलिउडमा फिर्ता हुँदैछिन् । फिल्मको नाम हाल फाइनल भएको छैन । फिल्मको कहानी कश्मिरमा आधारित छ । फिल्मको आधिकारिक रुपमा घोषणा भएको छैन । तर खबरलाई विश्वास गर्ने हो भने फिल्मको काम सुरु भइसकेको छ । टाइम्स अफ इन्डियाका अनुसार फिल्मको प्रि–प्रोडक्सन र कास्टिङमा काम चलिरहेको छ । यस्तै फिल्मको सुटिङ सन् २०२२ मा सुरु हुनेछ ।
पाइपलाइनमा छन् प्रोजेक्टः
प्रितिका थप २–३ वटा फिल्म पाइपलाइनमा भएको बताइन्छ । फिल्मबाहेक प्रिति अन्य प्रोजेक्टमा पनि समावेश छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण