वेपत्ता युवा ६ दिनपछि मृत फेला
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता बनेका राई शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेका हुन् ।
मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पतालमा उपचारमा लगेर घर ल्याउने क्रममा राति पिसाब फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्कविहीन बनेका थिए । उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा पर्ने घुम्नेमा अफ्ठ्यारो भीरमा फेला परेको काँग्रेसको सभापति दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति राजेश राईले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालयमा २ मंसिरमा जाहेरी दिएका थिए ।
२८ कात्तिकमा बारीको कान्लाबाट लड्दा अनुहार र टाउकोको भित्री भागमा गम्भीर असर पुग्दा उनको मानसिक सन्तुलन गुमेको थियो । मानसिक सन्तुलन गुमाएर ‘अस्थिर’ र बेहोसमा कुरा गर्न थालेपछि उनलाई गाडी रिजर्भ गरेर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारमा राखेकै बेला पनि निस्केर हिँडेका उनी गाईघाटको शिवालयटोलमा भेटिएका थिए ।
पुन उपचारमा लैजान खोज्दा ‘ठीकै छु, घर जान्छु’ भनेपछि उनलाई गाडीमा हिँडाइएको थियो । ३० कात्तिकमा विप्लव नेतृत्वको नेकपा माओवादीले बन्द आह्वान गरेका कारण उनलाई अघिल्लो दिन राति गाईघाटबाट खोटाङ हिँडाइएको सभापति राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण