दाङमा लागुऔषधसहित ४ जना पक्राउ
दाङमा प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी ३८ वर्षीया सुशीला श्रेष्ठ, उनका १९ वर्षीय छोरा रोहन श्रेष्ठ, वडा नम्बर ६ बस्ने ५ वर्षीय धीरज बुढाथोकी र बबई गाउँपालिका–४ घर भएका २० वर्षीय प्रख्यात शाह रहेका छन् । प्रहरीले सुशीला र उनका छोराको साथबाट १९ ग्राम ७ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ थान डिजिटल तराजु, २ थान झिलझिले कागज, ४३ हजार २ सय ७५ रुपैयाँ नगद र ६ थान मोबाइल बरामद गरेको छ ।
उनीहरुलाई लागूऔषध ब्राउनसुगर बिक्रीका लागि पुरिया बनाइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै बुढाथोकी र शाहको साथबाट ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण