सुर्खेतमा चितुवाको छाला र ४५ लाखको चेकसहित ४ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–८ का ३५ वर्षीया कमल शाही, २२ वर्षीया चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ का २१ वर्षीया ओपेन्द्र शाह र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीया विलम शाही रहेका छन् ।
उनीहरुलाई शनिबार पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डिचौरस्थित एक होटलबाट पक्राउ गरिएको हो । उक्त होटलमा बसेर उनीहरुले दुर्लभ वन्यजन्तु चितुवाको छालाको कारोबार भइरहेको विषेश सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।
उनीहरुको साथबाट केही मोबाइल थान, विलमले बोकेको कालो रङको झोलामा रहेका ४५ लाखको चेक र नगद २७ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनीहरुको साथमा भेटिएको चेक स्वयम् विलम शाहीको नाममा काटिएको देखिन्छ । अहिले तीन थान छालासहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण