माहुरीको टोकाइबाट १ दर्जन घाइते
रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का युवाहरू राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साहलगायत छन् । त्यस्तै ३ जना बालबालिका र एक जना महिला पनि घाइते भएको बताइएको छ ।
घाइतेमध्ये केहीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र केहीको निजी अस्पतालमा उपचार भइरहेको पीडित मध्येका राकेश गिरिले रातोपाटीलाई बताएका छन् । केही उपचार पछि निको भैसकेका छन् । कटहरिया ५ स्थित एउटा गोठमा युवाहरू तास खेलेर बसिरहेका बेला गोठको पूर्वमा रहेको सिमलको रुखमा रहेको माहुरीको घारमा एउटा चरा ठोक्कएपछि आक्रोशित माहुरीहरूले उनीहरूमाथि आक्रमण गरेका थिए । एकै जनालाई सयौँ माहुरीले टोकेकाले केही मानिस अचेतसमेत भएकाले गाउँले उनीहरूलाई अस्पताल सम्म उपचारको लागि पुर्याएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण