भक्तपुर र बर्दिवासमा समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन हुँदै
नेपाल सरकारले पहिलोपटक समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले भक्तपुर नगरपालिका र बर्दिवास नगरपालिकामा घरदैलो सेवा सञ्चालन गर्न लागेको हो ।
महाशाखाका अनुसार घरदैलो नर्सिङ सेवाको पूर्व तयारीस्वरुप सम्बन्धित जिल्लामा एक हप्ते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । भक्तपुर नगरपालिकामा प्रदेश सांसद प्रेम सुवालले कार्यक्रमको उद्घाटन गरेका छन् । उनले कार्यक्रमलाई वैज्ञानिक र प्रविधिमैत्री बनाई स्थानीय भाषामा स्थानीय नागरिकहरूसँग कुरा गर्न आग्रह गरेका छन् ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरे पनि आवश्यक रकम भुक्तानी नभएको र दीर्घरोगीहरुलाई वितरण गर्ने औषधिमा मनपरितन्त्र लागू भएको आरोप लगाए । सो प्रवृत्ति अन्त्य गर्न अनुगमन गर्न समेत उनले आग्रह गरेका छन् ।
स्वास्थ्य विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक प्रा. गोमादेवी निरौलाले सात दिने तालिममा पहिलो दिन नगरपालिकाभित्रका जनप्रतिनिधि र बाँकी ६ दिन स्वयंसेविका तथा नर्सहरूलाई अभिमुखीकरण दिने बताइन् । तालिम सम्पन्न भएपश्चात केही दिनमा घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण