एमाले महाधिवेशन सुरक्षाका लागि ‘गोप्य’ स्वयंसेवक परिचालन गरिने, देखिने स्वयंसेवक ५ हजार (भिडियो)
चितवनमा हुन लागेको एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ५ हजार स्वयंसेवक परिचालन गरिने भएको छ । एमालेका केन्द्रीय सदस्य एवं महाधिवेशन आयोजक कमिटी अन्तर्गत स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले मंसिर १० गते उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक परिचालन गर्ने जानकारी दिए ।
यस्तै मंसिर ११ र १२ गते चितवनको सौराहामा हुने महाधिवेशनको बन्द सत्रमा भने ५ सय स्वयंसेवक परिचालन गरिनेछ । बन्द सत्रमा पार्टीको नेतृत्व र महाधिवेशन प्रतिनिधि गरेर २२ सय हाराहारी मात्रैको उपस्थिति हुने भएकोले स्वयंसेवकको संख्या कम हुने संयोजक श्रेष्ठले रातोपाटीलाई बताए ।
यस्तै महाधिवेशन अवधिमा नेता तथा कार्यकर्ताको सुरक्षाका लागि गोप्य स्वयंसेवक परिचालन गरिने उनले बताए । उनले भने–‘महाधिवेशनको अवधिमा कहाँ–कहाँ केके भइरहेको छ, त्यसबारे सूचनाका लागि हामीसँग ‘अनसिन’ स्वयंसेवकहरु पनि छन् । हामीले त्यसमा सुरक्षा विज्ञहरुलाई पनि समावेश गरेका छौँ ।’
संयोजक श्रेष्ठले सुरक्षाका लागि सुरक्षाकर्मीसँग पनि सहकार्य गर्ने र गोप्य रुपमा आन्तरिक स्वयंसेवक पनि राख्ने जानकारी दिए । महाधिवेशनका लागि पार्टीको विभिन्न भातृ संगठनबाट स्वयंसेवक तयार पारिने श्रेष्ठले बताए ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण