कपिलवस्तु र दाङमा सवारी दुर्घटना, २ जनाको मृत्यु
सोमबार, ०६ मङ्सिर २०७८, १४ : ०५
कपिलवस्तु र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरस्थित सडकमा लु ३९ प ४९६९ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक २१ वर्षीय विशाल गिरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स सिटी अस्पताल बुटवल हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दाङको शान्तिनगर गाउँपालिका–२ बहुला खोलास्थित सडकमा लु.४ त ७७७१ नम्बरको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा सोही ठाउँका टेवा बस्ने २२ वर्षीय लोकबहादुर वलीको घटनास्थलमै मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण