हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध
अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोभिड–१९ संक्रमणको कारण देखाउँदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटेसँगै दक्ष आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् । अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाई गरेको थियो ।
नयाँ नियमअनुसार योग्य भिसाधारीलाई अब कुनै रोकतोक बिना अस्ट्रेलिया फर्किन पाउनेछन् । प्रतिबन्ध फुकुवासँगै दुई लाखभन्दा धेरै मानिसलाई राहत पुग्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारको घोषणालाई प्रधानमन्त्री स्कट मोरिसनले ‘महत्त्वपूर्ण’ कदम भनेका छन् । पछिल्लो कदम अस्ट्रेलियालाई महामारीपूर्वको अवस्थामा फर्काउन कोशेढुंगा साबित हुने प्रधानमन्त्रीको विश्वास छ ।
सन् २०१९ मा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमले अस्ट्रेलियाको अर्थतन्त्रमा ३७ अर्ब डलर योगदान दिएको थियो । प्रतिबन्धको समयमा विशेष कारण दर्साएर क्वारेन्टिनको नियम पालना गरेपछि मात्र अस्ट्रेलिया प्रवेशको अनुमति दिइँदै आएको छ । अस्ट्रेलियाका १६ वर्षमाथिका ८५ प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण