बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

सोमबार, ०६ मङ्सिर २०७८, १५ : २७
सोमबार, ०६ मङ्सिर २०७८

रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका–७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्नेक्रममा टिपरको ठक्करबाट स्थानीय सन्तराम लोधको मृत्यु भएको छ ।

बागमती प्रदेश ०३–००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ६२ वर्षीय  लोधलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

त्यस्तै रुपन्देहीको मायादेवी गाउँपालिका–४ बर्सौली बस्ने ३५ वर्षीया बासमती केवट मृत अवस्थामा फेला परेकी छन् । उनी घरमै मृतावस्थामा फेला परेकी हुन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप