आजको मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपात
मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण