सचिवमा उम्मेदवारी घोषणा गर्दै महेश बस्नेतले भने – लोकप्रिय मत ल्याएर जित्छु
नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गरे ।
‘म दसौँ महाधिवेशनमा एमालेको सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्दैछु’, पत्रकार सम्मेलनमा बस्नेतले घोषणा गरे । बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिस्ट आन्दोलन कमजोर हुने भन्दै ओलीलाई साथ दिन आफ्नो उम्मेदवारी अनिवार्य रहेको बताए । उनले कम्युनिस्ट आन्दोलन तोडफोड भइरहेका बेलामा पनि ओलीले नै एकताबद्ध बनाउने काम गरेको दाबी गरे । पाको उमेर समूह, नयाँ र अहिले भूमिका खेलिरहेको पुस्तालाई महाधिवेशनले समेट्नुपर्ने भन्दै आगामी निर्वाचनमा दुई तिहाइ ल्याउन पनि केपी ओलीलाई अध्यक्ष बनाउनुको विकल्प नरहेको बताए । उनले अध्यक्षमा भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि अध्यक्ष ओलीले सर्वसम्मतको प्रयास गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ अर्ब पासवर्ड र लगइन डाटा चुहावट, अहिलेसम्मकै सबैभन्दा ठूलो डाटा चोरी
-
एसीमा बढी समय बस्ने व्यक्तिलाई हुन सक्छन् यस्ता स्वास्थ्य समस्या
-
छोराको बिहे सर्नुलाई नेतन्याहुले ‘युद्धको मूल्य’ भनेपछि भड्किए इजरायली
-
पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको उद्धार, खोलाले बगायो बस
-
हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ
-
जेलेन्स्कीसँगको सम्झौतामा पुटिनलाई शंका